Logo
Logo

इन्सपेक्टर लक्ष्मी पाण्डेको एक्सनः हतियारधारी लुटेरा भाग्दाभाग्दै समातिए




गैंडाकोट ।
प्रहरीको प्रो एक्टिभ पुलिसिङले पेशेवर लुटेराहरु रंगेहात पक्राउ परेका छन् । पेस्तोल देखाएर गहना लुटेर भाग्दा भाग्दै तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।


सोमबार पूर्वी नवलपरासीको गैंडाकोटमा तीन जनाले गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भागेका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले तत्कालै पक्राउ गरेको हो ।इप्रका गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे नेतृत्वको टोलीले लुटेरालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।


ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका–१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको हो । यो घटनाले स्थानीय र प्रहरीको सहकार्य हुँदा अपराध नियन्त्रण गर्न सहज हुन्छ भन्ने सन्देष पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्