Logo
Logo

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कर्णालीबाट ८८ जना प्रतिनिधि छानिए



सुर्खेत । कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि टुंगो लगाएको छ । यही ११ पुसबाट हुने काठमाडौंमा सुरु हुने सम्मेलनका लागि कर्णालीबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुईजना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुमपश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीनजना प्रतिनिधि छनोट छन् । अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११–११ जना, सुर्खेत र जाजारकोटबाट १०–१० जना छनोट भएका छन् ।

मुगुबाट पाँचजना, दैलेख, जुम्ला र हुम्लाबाट सात–सात जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्