Logo
Logo

विवेकशीलले महाकाली-मेची राष्ट्रिय एकता यात्रा गर्ने



काठमाडौं । विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । यही आउँदो पुस २७ गतदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २७ पुसमा कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य गर्ने निर्णय गरेको पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । महाकाली मेची यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने विज्ञप्तिमा जनाइएको छ ।

‘नागरिकहरूका आआफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पु¥याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो यात्रामा साथ दिन पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्