Logo
Logo

केएमसीको लुट : विद्यार्थीसँग बढी शुल्क असुल्दै



काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले विद्यार्थीसँग बढी शुल्क मागेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशनलाई अटेर गर्दै आफूले मागेजति शुल्क नतिरे भर्ना नै नलिने भन्दै केएमसीले विद्यार्थीलाई बढी शुल्क मागेको हो ।

बुधबार केएमसी प्रशासन र विद्यार्थीबीच छलफल भएको थियो । छलफलमा विद्यार्थीले आयोगले निर्धारण गरेको शुल्कमा नै भर्ना गनुपर्ने माग राखेका थिए । कलेज प्रशासनले भने आयोगको निर्णय नै नमान्ने जवाफ दिएको छलफलमा एक सहभागी विद्यार्थीले बताए ।

केयूलले आफूसँग पैसा मागेको भन्दै आयोगको निर्धारण गरेकाे शुल्कमा भना गर्न नसक्ने कलेज प्रशासनले बताएको विद्यार्थीको भनाइ छ । उनले भने, ‘तपाईंहरुले हामीलाई दिनुपर्छ । हामीले केयूलाई दिनुपर्छ । त्यसैले आयोगले निधारण गरेकोमा हामी भर्ना लिन सक्दैनौं, भन्नुभयो ।’

विद्यार्थीसँग बढी शुल्क माग गरेको भन्दै उजुरी परेपछि चिकित्सा शिक्षा आयोगले मंगलबार एक सूचनाजारी गर्दै शुल्कको विषयमा स्पष्ट पारेको थियो । केयूले पनि आयोगको निर्णय कार्यान्वयन गर्न पत्र पठाएको छ । तर, केएमसीले भने केयूलाई देखाएर विद्यार्थीसँग बढी शुल्क दिन दबाब दिइरहेको छ ।

स्रोतका अनुसार कलेज सञ्चालक सुनिल शर्माकै निर्देशनमा प्रशासनले विद्यार्थीलाई बढी शुल्क लिन दबाब दिएको हो । आयोगले शिक्षण शुल्कभित्र विभिन्न १३ वटा शिर्षकका विषय पर्ने प्रष्ट पारेको छ । यी शिर्षकमा विद्यार्थीले थप रकम तिनुनपर्ने जनाएको छ ।

तर, केएमसीले भने परीक्षा, तालिम, फिल्ड भिजिट, आवेदन लगायतका शिर्षकमा लाखौं थप रकम माग गर्दै आएको छ। काठमाडौं मेडिकल कलेजले आयोगको निर्णय नै नमान्ने बताएको विद्यार्थीको गुनसो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्