पर्सा । एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।
नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका थिए । । सोही कार्यक्रममा गरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन् ।