Logo
Logo

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा शर्मा नियुक्त



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बोर्डको अध्यक्षमा शर्मा नियुक्त गरेको जानकारी गराएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । जसमध्ये शर्मालाई नियुक्त भएका हुन् । अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो ।

अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय दिएको थियो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्