Logo
Logo

विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व रहेको विद्युत व्यापार कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको ऊर्जा मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

विद्युत व्यापारका लागि निजी क्षेत्रले पनि अनुमति दिन माग गर्दै आएका छ । निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने नीति तर्जुमा गर्न लागिएको उनले बताइन् ।

उक्त कम्पनीमा विद्युत प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको लगानी रहने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्