Logo
Logo

रोदनको निबन्धसङ्ग्रह ‘अभिवन्द्य’माथि परिचर्चा



काठमाडौं । श्रीओम श्रेष्ठ ‘रोदन’को निबन्धसङ्ग्रह अभिवन्द्यमाथि चर्चा गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा श्रेष्ठको अभिवन्द्यमाथि चर्चा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निवन्धकार तेजेश्वरबाबु ग्वंगले श्रेष्ठका निबन्ध प्रकाशनपूर्व नै अद्योपान्त पढ्न पाएको बताए ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारी तथा कवि मोमिला जोशीले कृतिको समीक्षा गरेका थिए । समालोचक अधिकारीले अभिवन्द्य कृति विशिष्ठ व्यक्तिहरूप्रतिको अभिनन्दन भएको र कृतिमा जीवनबोध गराउने निबन्धहरू सङ्ग्रहित रहेको बताइन् ।

त्यस्तै मोमिला जोशीले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेको बताइन् । लेख्नेबेला हरेक लेखक बुद्व बन्ने भन्दै अभिवन्द्य कृति पढेर आनान्दको महसुस गर्न सकिने उनको विचार थियो ।

उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले अड्कल काट्न सकिने कलात्मक कलाले रोदनका निबन्ध भरिएको बताइन् ।

कार्यक्रममा सङ्ग्रहित निबन्धमा अटाएका व्यक्तित्वहरूमध्ये डा।हरिप्रसाद पोखरेल, डा। चिन्तामणि योगी, कवि मञ्जुल, अशेष मल्ल, कवि तुलसी दिवस, समालोचक लक्ष्मणप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनीहरूले अभिवन्द्य निबन्धसङ्ग्रहबारे छोटो मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए ।

निबन्धकार श्रेष्ठले पुस्तकमा समाहित ४१ सर्जकमध्ये केही सर्जकका बारे रचिएका निबन्धहरूको केही अंश वाचन गरेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्