Logo
Logo

काठमाडौंमा प्रहरीका सइमाथि खुकुरी प्रहार




काठमाडौं । काठमाडौंमा प्रहरीमथि नै खुुकरी प्रहार भएको छ । अभियुक्तलाई पक्राउ गर्न खोज्ने क्रममा महानगरीय प्रहरी वृत्त बालाजुका नायब निरीक्षक(सइ) पदम अवस्थिमाथि शुक्रबार बेलुका खुुकरी प्रहार भएको हो ।

घाइते नायब निरीक्षक(सइ) पदम अवस्थि


तार्केश्वर नगरपालीका वडा नं. ८ शेषमति लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थली लिँखु गाउँपालिका घर भई हाल जरङखु वस्ने वर्ष २९ को शनि तामाङ्गले दोलखाका सुवास तामाङ्गलाई खुकुरी हानेका थिए । घटनालगत्तै धर्मस्थली प्रभागमा कार्यरत प्रनानि पदम अवस्थीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा उनलाई समेत आक्रमण गरेका हुन् । सइ अवस्थीको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य छ । अर्का सुवास तामाङ डिस्चार्ज भइसकेका छन् ।


अभियुक्त सनीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्