Logo
Logo

दिल्लीमा कोरोनाको तेस्रो लहर, ६ महिनायताकै उच्च संक्रमण




काठमाडौैं ।
भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको तेस्रो लहर देखिएको छ । सोमबार पछिल्लो ६ महिनायताकै दिल्लीमा उच्च संक्रमण पुष्टि भएको छ ।


शुक्रबार तीन सय ३१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण बढेपछि त्यहाँ सरकारले रात्रीकालिन कर्फयु लगाएको छ । दिल्लीमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ ।


भारतमा संक्रमण बढ्दै गर्दा नेपालमा पनि कोरोनाको तेस्रो लहर आउने जोखिम बढीरहेको बिज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्