Logo
Logo

नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारका नौ आरोपी यसरी समातिए




काठमाडौं । सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका नौ आरोपी पक्राउ परेका छन् । काठमाडौं परिसरका एसएसपी सुदीप गिरीसहितको प्रहरी टोली आफैं खटिएर आरोपी पक्राउ गरेको हो ।


साँझ ३४ वर्षिया महिलालाई मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार भएको थियो । ‘प्रारम्भिक अवस्थामा अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीबाट कहाँ, कुन स्थानमा कतिजनाको संख्यामा रहेका ब्यक्तिहरु घटनामा संलग्न रहेका भन्ने यकीन नरहेको शून्यको अवस्थामा पीडितको बयानबाट घटनाको बारेमा सूचना सङ्कलन गरी सिसिटिभि फुटेज र प्राविधिक बिश्लेीषण लगायतको आधारमा थप अनुसन्धान गरी घटनामा संलग्न रहेका सात जना मंगलबार र थप दुई जना बुधबार पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेहरु अधिकांश विदेश जान भनेर गेष्ट हाउसमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्