Logo
Logo

रथी बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी




काठमाडौं । करिब दुई साताका लागि रथी बालकृष्ण कार्कीले सेनाको कामु प्रधानासेनापतिको जिम्मेवारी पाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा घरविदामा रहने भएपछि बुधबारको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कामुको जिम्मेवारी दिएको हो । शर्मा १८ पुसदेखि ३० पुसम्म घर विदामा बस्न लागेका हुन् ।


त्यस्तै, मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग कानून तर्जुमा लागि सैद्धान्तिक सहमति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्