Logo
Logo

अवैध धन्दामा सौर्य एयरलाइन्स, ५० लाखसहित कर्मचारी पक्राउ




काठमाडौं । सौर्य एयरलाइन्सका कर्मचारी अवैध रकमको ओसारपसारमा मुछिएका छन् । विराटनगरबाट ५० लाख रुपैयाँ लिएर आउँदै गर्दा दुई कर्मचारी ५० लाख रुपैयाँसहित पक्राउ परेकी छिन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका–४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । विराटनगरस्थित स्टेशन म्यानेजर पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा एयरलाइन्सकै समेत मिलेमतोको आशंका गरिएको छ । एयरलाइन्समै अवैध कारोबारीको लगानी रहेकाले पनि यसरी अवैध ओसापसार भएको हुनसक्ने आशंका प्रहरीको छ । सो घटनामा राजश्व अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्