Logo
Logo

सुन तस्कर गोरेका भाइ रमेश उप्रेती पक्राउ




काठमाडौं । ३८ सय केजी सुन तस्करी गिरोहका एक नाइके चुणामणि उप्रेती गोरेका भाई रमेश उप्रेती पक्राउ परेका छन् । उनलाई प्रहरीले दुबइबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो ।


इन्टरपोलले उप्रेतीलाई तीन वर्षअघि नै रेड नोटिस जारी गरेको थियो । त्यसको तीन वर्षपछि उनलाई नेपाल ल्याइएको हो । उप्रेतीलाई जिल्ला अदालत मोरङमा पेश गरिने प्रहरीले जनाएको छ । सो मुद्दामा फरार रहेकाको हकमा हालसम्म फैसला भएको छैन ।

प्रतिक्रिया दिनुहोस्