Logo
Logo

राअविको प्रमुख खरेल नियुक्त




काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्ति भएका छन् ।

हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो । खरेल विभागमा अतिरिक्त अनुसन्धान निर्देशन थिए । उनले आगामी ९ महिना विभागको नेतृत्व गर्नेछन् ।
त्यस्तै अर्का एआइजी यादब रेग्मीले विभागमा जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्