Logo
Logo

कारबाही सिफारिस भएका सहसचिव सचिवमा बढुवा




काठमाडौं । कर्तव्य ज्यान मुद्दा खेपिरहेका कर्मचारीलाई सरकारले सचिवमा बढुवा गरेको छ । कुमार पौडेल इन्काउन्टर प्रकरणमा कारबाही सिफारिस भएका सहसचिव कृष्णबहादुर राउतलाई सरकारले बुधबार सचिवमा बढुवा गरेको हो ।


पौडेलको इन्काउन्टर हुँदा राउत सर्लाहीमा सिडिओका रुपमा कार्यरत थिए । त्यसमा उनको समेत संलग्नता रहेको भन्दै उनीविरुद्ध समेत किटानी जाहेरी परेको छ । विभिन्न जिल्लामा सिडिओ हुँदा अकुत कमाएको आरोप समेत राउतमाथि छ । उनी पछिल्लो समय प्रधानमन्त्री कार्यालयको प्रवक्ताका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्