Logo
Logo

सुडानबाट नेपाल फर्किएका २१ सैनिकमा ओमिक्रोन पुष्टि




काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनको क्रममा दक्षिण सुडानबाट फर्किएका नेपाली सेनाका २१ कर्मचारीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा नेपालमा ओमिक्रोन पुष्टि भएको हो ।


यसअघि नेपालमा तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो । एक सातायता नेपालमा पनि संक्रमितको सख्या ह्वात्तै बढ्न थालेको छ । छिमेकी देश भारतमा एक सातामा संक्रमितको संख्या पाँच सय गुणाले बृद्धि भएको छ । जसअनुसार नेपालमा पनि यसको जोखिम बढेको छ । ओमिक्रोन छिट्टै फैलिने भएकाले यसले जोखिम बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्