Logo
Logo

सर्वाेच्चको आदेशमा प्रहरीमा इन्सपेक्टरको भर्ना प्रक्रिया रोकियो




काठमाडौं । सर्वाेच्च अदालतको आदेशले नेपाल प्रहरीको भर्ना प्रक्रिया रोकिएको छ । प्रेमीलाल प्रसाद चौधरीले दायर गरेको रिटका आधारमा सर्वाेच्चले बुधबार अन्तरकालिन अन्तरिम आदेश दिएको थियो ।


चौधरीले भर्नामा थारु समुदायलाई छुट्टै आरक्षणको माग गरी रिट दायर गरेका थिए । जसमा सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठ अन्तरकालिन अन्तरिम आदेश दिएका हुन् । जसकारण आवेदन प्रक्रिया प्रहरी प्रधान कार्यालयले केही दिनका लागि स्थगत गरेको छ । सर्वाेच्चले २६ पुसमा जवाफ लिएर आउन प्रहरीलाई भनेको छ । सोही दिन भर्नासम्बन्धि थप टुंगो लाग्नेछ ।


थारु समूहलाई प्रहरीले आदिवासी जनजातीका रुपमा आरक्षण दिने गरेको छ । तर, आदिवासी जनजातीमा नराखी छुट्टै कोटा दिन माग गरी रिट दायर भएको हो । चौधरीले यसअघि जवानको भर्नामा पनि यस्तो रिट दायर गरेकोमा सर्वाेच्चले खारेज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्