Logo
Logo

विवादित एसएसपीलाई डिआइजीमा बढुवा




काठमाडौं । प्राविधिकतर्फको दरबन्दीलाई प्रशासनमा ल्याएर नेपाल प्रहरीमा विवादित एसएसपीलाई डिआइजीमा बढुवा गरिएको छ । सञ्चार निर्देशनालयमा रहेको डिआइजीको प्राविधिक पदलाई महिला तथा बालबालिका सेवा निर्देशनालयमा ल्याएर पूजा सिंहलाई डिआइजीमा बढुवा गरिएको हो ।


शुक्रबारको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो । एसएसपी सिंह काभ्रेमा एसपी हुँदा आर्थिक हिनामिनामा मुछिएकी थिइन् । अख्तियारको छानबिनमा उनले भ्रमण भत्ताको नाममा नक्कली बिल बनाएर लाखौं अनियमितता गरेको पुष्टि भएको थियो । तर, पछि दबाबको आधारमा मुद्दा तामेलीमा राखिएको थियो ।


५५ वर्षे उमेरहदले आगामी महिना अवकाश पाउने भएपछि उनलाई बढुवा गर्न प्रााविधिक पदलाई प्रशासनमा ल्याइएको हो । जबकी उनीसँगैका अन्य डिआइजीलाई भने अवकाश दिइएको छ । करिअरको फ्रष्टेसनकै कारण सोही ब्याचका एसएसपी सुशील कुमार यादबले दुई साताअघि आत्महत्या गरेको उनको निकटले बताएका छन् । तर, सिंहलाई भने चलखेलका आधारमा बढुवा गरिएको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाण निकट व्यक्तिहरुको चलखेलका आधारमा उनको बढुवा भएको हो । यो बढुवामा प्रहरीमा थप असन्तुष्टि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्