Logo
Logo

काठमाडौंमा दुई दुर्घटना, दुई जनाको मृत्यु




काठमाडौं । काठमाडौंमा भएका दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका(२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको तथा चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो । श्रेष्ठ सैनिक भएको खुलेको छ । उनी दिउँसो राष्ट्रपति कार्यालयमा डिउटी गर्ने र राती टिप्पर चलाउने गर्दथे ।
त्यस्तै, काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिलाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्