Logo
Logo

सिम लोकेटरको ठेक्का रद्द, प्रहरीलाई धक्का




काठमाडौं । अपराधी पक्राउ गर्न सहज हुने उदेश्यले खरिद हुन लागेको सिम लोकेटरको ठेक्का नेपाल प्रहरीले रद्द गरेको छ । समयभित्र ठेकदार कम्पनीले प्रविधिको जडान गर्न नसकेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठेक्का रद्द गरेको हो ।


सिम लोकटेर भित्राउन नियोटेरिक नेपाल प्रालिलाई करिब नौ करोड रुपैयाँको ठेक्का दिइएको थियो । जून कम्पनीले ठेक्का पाएको करिब एक वर्षसम्म पनि जडान गर्न नसकेपछि सिआइबीले ठेक्का रद्द गरेको हो । क्षमता नै नभएको कम्पनीलाई ठेक्का दिंदा यस्तो अवस्था आएको प्रहरी स्रोत बताउँछ ।


तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र तत्कालिन डिआइजी (हाल एआइजी) सहकुल थापाले नियोटेरिकलाई ठेक्का दिन सघाएको सिआइबीका एक अधिकारी बताउँछन् । नियोटेरिक उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाका भाई सञ्जय गोल्छाको कम्पनी हो ।


ठेक्कामै भएको चलखेलका कारण प्रहरीले अपराध अनुसन्धानको आधुनिक प्रविधि प्रयोग गर्नबाट बञ्चित भएको छ भने यसबाट अपराधीहरुलाई फाइदा पुग्ने देखिन्छ । सिम लोकेटर प्रविधिले मोबाइल नम्बरको सहायतामा संकित भएको पाँच मिटर नजिकसम्मको सूचना दिन्छ । हाल बिटिएस टावरका आधारमा मात्र प्रहरीले अपराधी पक्राउ गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्