Logo
Logo

साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा




काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक पदका विजय कुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।


पासवानले आफ्नो जिम्मामा मौज्दाज रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना गरेको आयोगले जनाएको छ । १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध बिशेष अदालत मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्