Logo
Logo

बढुवा भएको एक महिनामै जिल्ला इन्चार्ज




काठमाडौं । नेपाल प्रहरीका कतिपय सिनियर एसपीहरुले इन्चार्ज पाएका छैनन् । तर, केहीलाई भने बढुवा भएको एक महिनामै जिल्ला इन्चार्जमा पठाइएको छ।


ती भाग्यमानी एसपी हुन् चक्रराज जोशी । गत महिना बढुवा भएका उनले सुरुमा त्रिपुरेश्वरस्थित उपत्यका सुरक्षा बिशेष गणको इन्चार्ज पाए । हालको सरुवामा उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखमा रुपमा पठाइएको छ । कैलाली घर भएका जोशीले बालुवाटारको आशिवार्दका आधारमा यसरी बढुवा लगत्तै दोहोरो इन्चार्ज पाएका हुन् । उनी कमजोर कार्यक्षमता भएका अधिकृत मानिन्छन् ।
हालैको एसपी सरुवामा बदनाम र राजनीतिक चलखेलका आधारमा मात्र सरुवा भएको छ । डिएसपी सरुवा पनि त्यस्तै चलखेल हुँदा आइजिपी शैलेश थापा क्षेत्रीले निर्णय गर्न नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्