Logo
Logo

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी आचार्य




काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी मुकुन्द आचार्यले जिम्मेवारी पाएका छन् । उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।


यसअघिका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको महानगरीय अपराध महाशाखामा सरुवा भएपछि नयाँ प्रवक्ता तोकिएको हो ।
डिआइजी आचार्यलाई गृहमन्त्री बालकृष्ण खाणले दुई महिनाअघि लुम्बिनीको प्रदेश प्रमुखबाट ६ महिनामै हटाएका थिए । उनलाई लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएकोमा उनी त्यहाँ नगई महानिरीक्षकको सचिवालयमा हाजिर भएका हुन् । दरबन्दी नभएको ठाउँमा नबस्ने भन्दै उनी सचिवालयमा हाजिर भएका थिए । राजनीतिक दबाबका आधारमा उनलाई प्रदेश प्रमुखबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्