Logo
Logo

पूर्व मन्त्री भट्टसँग अख्तियारको बयान




काठमाडौं । नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ बराबरको जरिवाना मिनाहा गराएको घटनामा तत्कालिन उद्योगमन्त्री लेखराज भट्ट र सचिव यामकुमार खतिवडासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । मुद्दा रोकाउन नेता भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई दबाब दिएका छन् ।


मन्त्री भट्टको कार्यकालमा खानी दोहन गर्ने नौ वटा उद्योगलाई एक अर्ब २६ अर्ब क्षतीपुर्ती भराउनुपर्ने प्रतिवेदन खानी तथा भूगर्भ विभागले दिएको थियो । त्यो प्रतिवेदन कार्यान्वायन नगरी छुट दिइएको हो ।


सिन्धुली र उदयपुरको सीमामा रहेको मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज, रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स, ललितपुरमा रहेको युनाइटेड सिमेन्टले अधिक उत्खनन गरेका थिए । त्यस्तै, पाल्पामा रहेका चार उद्योग सर्वाेत्तम सिमेन्ट, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि र सिद्धार्थ सिमेन्टले त्यसरी छुट पाएका थिए । यसरी उनीहरुलाई छुट दिदा नेता र कर्मचारी फाइदा लिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्