Logo
Logo

अमेरिकामा मानव तस्करी गर्ने युवती पक्राउ




काठमाडौैं । नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षिया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ गरेको हो ।


देवकोटाले आफ्ना श्रीमान मुक्ति नारायण केसीसँग मिलेर दुई जनालाई विभिन्न देश पठाई अलपत्र पारेकी थिइन् । दुई जनालाई जाकार्ता हुँदै अमेरिका पठाउने प्रयास गरेको तर उनीहरु त्यहाँबाट फर्किएका थिए । पीडितको जाहेरीका आधारमा देवकोटा पक्राउ परेकी हुन् । उनले एक जनासँग १९ लाख तथा अर्कासँग १५ लाख रुपैयाँ लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्