Logo
Logo

प्रहरी प्रवक्ता फेरिए




काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । एसएसपी विष्णुबहादुर केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।


यसअघिका प्रवक्ता बसन्तबहादुर कुँवरको अपराध महाशाखामा सरुवा भएपछि केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । महानिरीक्षकको सचिवालयमा सरुवा हुनुअघि उनी प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । केही दिनका लागि डिआइजी मुकुन्द आचार्यले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्