Logo
Logo

महामारीमा पनि रोकिएन होटलमा जुवा, प्रहरीको ध्यान पैसामा




नेपालगञ्ज । कोरोनाको तेस्रो लहर तिव्र गतिमा फैलिरहेका बेला नेपालगञ्जका होटलहरुमा भने प्रहरीकै मिलेमतोमा जुवाखाल चलिरहेका छन् । सीमाका कमजोर व्यवस्थापन हुँदा भारतबाट संक्रमितको आवातजावत निष्फिक्रि भइरहेको छ । महानगरका २३ वटै वडामा रहेका होटलमा अवैध धन्दा चलिरहेको स्रोत बताउँछ । प्रहरी मिलेमतो भएकाले प्रहरीले छापा समेत हानेको छैन ।


त्यस्तै, क्यासिनोहरुमा समेत नेपालीलाई प्रवेश दिएर खेलाउने गरिएको छ । सिद्धार्थ र ज्याकपटमा यस्तो धन्दा चलिरहेको छ ।
जिल्लाका सिडिओ भने आँखाको उपचारमा भने काठमाडौं छन् । एसपी श्याकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने लगायत सेटिङबाट पैसा कमाउनै व्यस्त हुँदा बाँकेमा कोरोना नियन्त्रण र व्यवस्थापन अस्तव्यस्त भएको हो । यही बेला खोलाहरुबाट वालुवा तस्करी समेत मौलाएको स्रोत बताउँछ ।


उता आइतबार विहान कोलहपुरमा –११ बसर्पाकमा सवारी साधनको ठक्करबाट गाईको मृत्यु भएको छ । सो घटनाको अनुसन्धानमा समेत प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । गौहत्या जस्तो घटनामा आइतबार दिउँसोसम्म प्रहरीले गाईको लाश उठाएको छैन । ठक्कर दिने गाडीलाई जोगाउन यस्तो खेल भइरहेको स्थानीय बताउँछन् । इप्रका कोहलपुरका डिएसपी रबिन्द्र खनालको ध्यान पैसामा मात्र भएकाले पनि कोहलपुरमा बेथिती बढेको छ ।

प्रतिक्रिया दिनुहोस्