Logo
Logo

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पोखरेललाई




काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी फेरि सहसचिव फणिन्द्रमणि पोखरेललाई दिएको छ । डेढ महिनाअघि पोखरेल एक महिना विदामा बसेपछि मन्त्रालयले अर्का सहसचिव प्रदीप कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो ।


पोखरेल व्यक्तिगत विदामा अमेरिका भ्रमणमा गएपछि कोइरालालाई सो जिम्मेवारी दिइएको थियो । त्यतीबेला पोखरेल शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुख थिए । अहिले भने प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुखमा मुकन्द निरौला छन् ।

प्रतिक्रिया दिनुहोस्