Logo
Logo

जयशंकरको नियुक्तिले झस्कियो नेपाल


- दृष्टि न्युज/संवाददाता


नरेन्द्र मोदी दोश्रो पटक भारतका प्रधानमन्त्री भएपछि एस. जयशंकरलाई विदेशमन्त्रीमा नियुक्त गरे । यसलाई भारतमैपनि आश्चर्यजनक र आकश्मिक विषयका रुपमा लिइयो । भारतका धेरै विश्लेषकहरुले भाजपाका कुनै नेतालाई विदेशमन्त्री वनाउँछ होला भन्ने अनुमान गरेका थिए । एस. जयशंकरको सरकारमा उपस्थितिले नेपाली राजनीतिलाई झस्क्याएको छ । दोस्रो संविधानसभाबाट संविधान जारी हुनै लाग्दा एस. जयशंकर काठमाडौँ आएका थिए । उनले यो संविधान केही दिनलाई रोक्न आग्रह सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग गरेका थिए । संविधानको सम्पूर्ण काम सकिएकोले उनले भनेझै संविधान रोक्ने परिस्थिति थिएन । स्रोतका अनुसार हिन्दू धर्म र मधेसीको मागप्रति उनको चासो रहेको थियो । यो कुरा उनको व्यक्तिगतभन्दा पनि भारतीय प्रधानमन्त्री मोदीको सन्देश बोकेर उनी आएका थिए । उनको कुरा नेपालले अस्वीकार गरेपछि नेपाल–भारत सम्बन्ध नाकाबन्दीसम्म पुग्यो । उनले त्यतिबेला लिएको अडान र आग्रहलाई उनी परराष्ट्रन्त्री भएपछि कसरी हेर्छन् भन्ने कुराले नेपाल–भारतको सम्बन्धलाई निर्धारण गर्छ ।

नेपालमा जयशंकर नियुक्तिलाई लिएर पुरानो मनोविज्ञानले काम गरिरहेको छ । नेपालमा नाकावन्दीका योजनाकार जयशंकर भनेर हल्ला गरिएको छ । यो अर्ध सत्य विषय मात्र हो । उनी मोदीका सक्षम विशेष दूत वनेर आएका थिए । नाकावन्दीको वेला जयशंकर मात्र होइन, स्वयम् मोदी असफल भएका थिए । अहिले परिस्थिति फेरिएको छ । नयाँ परिस्थितिमा नेपाल भारत सम्वन्ध मैत्रीपूर्ण तरिकाले लग्नु पर्दछ भन्ने शिक्षा भारतका शिर्ष नेताहरु र ब्युरोक्रेटवाट मन्त्री भएका जयशंकरलाइपनि ज्ञान भैसकेको हुनु पर्दछ ।

जयशंकर भाजपाका नेता वा चुनाव जितेका सांसद होइनन् । उनी पूर्व विदेश सचिव हुन् । उनी भारतका एक चर्चित ब्युरोक्रेट के. सुब्रमन्यमका पुत्र हुन् । उनले भारतको जेएनयूवाट राजनीतिशास्त्रमा एमए र अन्तराष्ट्रिय सम्वन्ध विषयमा पिएचडि गरेका छन् । उनी चीन र अमेरिकाकालागि भारतीय राजदूत रहेर काम गरिसकेका व्यक्ति हुन् । उनले रुस र जापान तथा श्रीलंका स्थित भारतीय दूतावासमा रहेर जिम्मेवारी सम्हालि सकेका छन् । उनी रुसी,जापानी र चिनियाँ भाषापनि वोल्छन् ।

जयशंकरले चीन र अमेरिकाको राजदूत रहँदा भारत चीन तथा भारत अमेरिका विच सम्वन्ध वलियो वनाउन तथा आएका विविध समस्याहरुलाई समाधान गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । अमेरिका संगको आणविक सन्धी, चीन संगको दोक्लाम विवाद समाधान प्रयास आदिमा उनले महत्वपूर्ण भूमिका निभाएका थिए भनिन्छ । भारतको गणतन्त्र दिवशमा तात्कालिन अमेरिकी राष्ट्रपति ओवामालाई निम्तो गर्ने विषय, मोदीको अमेरिका भ्रमण, यी भ्रमणहरुका विचमा दुई देश विच अनेकौ महत्वपूर्ण सम्झौता आदिमा उनको भूमिका महत्वपूर्ण थियो भनिन्छ ।

त्यसैगरि चीन संगको सम्वन्ध वलियो वनाउन मोदीको चीन भ्रमण र धेरै अनौपचारिक शिर्षस्थ वार्ताको आयोजना र अनेकौ सहमतिका विषयमा उनको भूमिका अर्थपूर्ण थियो भनिन्छ ।

उनी कुनैपार्टीमा नलागी एक सक्षम भारतपक्षीय ब्युरोक्रेटको रुपमा काम गर्ने व्यक्तिको रुपमा चिनिएका व्यक्ति हुन् । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले उनको क्षमता देखेर सन् २०१३ मै भारतको विदेश सचिव वनाउन खोजेका थिए । तर उनीभन्दा वरिष्ठहरुले राजीनामा दिने र सरकारलाइ समस्या पर्ने ठानेर मनमोहन सिंहलाई यो निर्णय गर्न कांगे्रस उच्च कमाण्डले अनुमति दिएन भनिन्छ । मोदीको आँखा जयशंकरमाथि पहिले देखि नै थियो भनिन्छ । उनको क्षमता देखेर मोदीले विदेश सचिव वनाए ।

अहिले मोदी दोश्रो कार्यकालकालागि प्रधानमन्त्री भएपछि मोदीलाइ एक सक्षम परराष्ट्रमन्त्रीको आवश्यकता थियो । नयाँ परराष्ट्रमन्त्री यस्तो होस् जसलाई अमेरिका, चीन, रुस, जापान, जस्ता प्रमुख प्रतिस्पर्धि देशहरुसंगको सम्वन्ध भारतको हितमा नयाँ ढंगले लान नयाँ अध्ययनको आवश्यकता नपरोस् । अमेरिकाले भारतलाई दिंदै आएको व्यापार सुविधा हटाउन लागेको विषयमा अमेरिकी राष्ट्रपतिले वारम्वार वोलिरहेका छन् । चीनको वेल्ट एण्ड रोड परियोजना, चीन पाकिस्तान सम्वन्ध तथा भारत चीन व्यापार सुधारमा भारतले धेरै गर्नुपर्ने कामहरु छन् । रुस जापान र युरोपका देशहरुसंगको सम्वन्धको महत्व भारतको लागि अझ वढ्नेछ । छिमेकि देशहरुसँगको भारतको सम्वन्ध कुनैपनि वेला विग्रन सक्ने रहि आएको छ । यस्तो समयमा मोदीले भारतको ब्युरोक्रेसीवाट मन्त्री वनाउनु रणनैतिक चाल देखापर्दछ ।

यसले भारतीय ब्युरोक्रेसीको भारी भरकम संरचनामा रहेका सबैलाई मोदीले एक ठुलो सन्देश दिन पनि खोजेकाछन् । सरकारको पक्षमा भारतीय ब्युरोक्रेसीको मन जित्ने एउटा ठुलो रणनैतिक चालपनि हो यो । भारतमा ब्युरोक्रेसीलाइ साथमा नलिइ सरकार एक दिनपनि चलाउन सकिन्न भनिन्छ ।

मोदीको “मन कि वात” बुझ्न सक्ने जयशंकरलाई परराष्ट्र मन्त्री वनाउनु भनेको परराष्ट्र मामिला मोदीको पूर्ण नियन्त्रणमा छ भन्ने सन्देश पनि हो । भारतका सक्षम ब्युरोक्रेटहरुको विशेषता आफ्नो कुरा राजनैतिक नेताहरु समक्ष स्पष्ट राख्ने, तर नेताको “मन कि वात”वुझ्ने र नेताले भनेको कुरा कम्मर कसेर गर्ने क्षमता हो ।

नेपालमा जयशंकर नियुक्तिलाई लिएर पुरानो मनोविज्ञानले काम गरिरहेको छ । नेपालमा नाकावन्दीका योजनाकार जयशंकर भनेर हल्ला गरिएको छ । यो अर्ध सत्य विषय मात्र हो । उनी मोदीका सक्षम विशेष दूत वनेर आएका थिए । नाकावन्दीको वेला जयशंकर मात्र होइन, स्वयम् मोदी असफल भएका थिए । अहिले परिस्थिति फेरिएको छ । नयाँ परिस्थितिमा नेपाल भारत सम्वन्ध मैत्रीपूर्ण तरिकाले लग्नु पर्दछ भन्ने शिक्षा भारतका शिर्ष नेताहरु र ब्युरोक्रेटवाट मन्त्री भएका जयशंकरलाइपनि ज्ञान भैसकेको हुनु पर्दछ ।

विश्व परिस्थिति वहुध्रुवीय तरलतामा गैरहेको छ । पुरानो समीकरणहरु वदलिने र नयाँ समीकरणहरु वन्ने संक्रमणकाल शुरु भएको छ । मोदी पुनः प्रधानमन्त्री र जयशंकर विदेशमन्त्री भएको नयाँ स्थितिमा छिमेकि देशहरुसंगको सम्वन्ध राम्रो वनाउन भारतका नेताहरुले आपसी हितको लागि अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

नेपालका नेताहरुलेपनि नयाँ परिस्थितिमा अझ धेरै मेहनत गर्न पर्ने देखिन्छ । तर नेपालका नेताहरु किन वारम्वार हेपिने स्थितिमा पुग्दछ भन्ने कुरा आफ्नो पदीय मर्यादा विर्सेर हतार हतार जयशंकरलाइ वधाइ दिने भूतपूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको तरिकाले देखाएको छ । कूटनीतिमा ‘प्रोटोकल’को ठूलो अर्थ हुन्छ । चार पटक प्रधानमन्त्री भइसकेका देउवाले आफ्नो ‘प्रोटोकल’ बिर्सिएर जयशंकरलाई बधाई सन्देश पठाए भन्ने कुरा मान्न सकिन्न । गत तिनै तहको निर्वाचनमा पराजय भएका देउवाले बाह्य शक्तिको आडमा आफू शक्तिशाली बनिरहन उनले हदैसम्मको चाकडी गरेको टिप्पणी गरिँदैछ । नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतको महत्वपूर्ण भूमिका रहँदै आएको मात्र होइन, सत्ता समीकरणमा पनि भारतीय भूमिका रहेको विगतको तीतो अनुभवलाई पनि ध्यानमा राखेर देउवाले शुभकामना वक्तव्य पठाएको चर्चा नेपाली कांग्रेसभित्रै चलेको छ ।

  • रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्