Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


4.3k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित छैन ।

आजको बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिनेबारे छलफल हुने अनुमान छ ।

आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने बुझिएको छ । निर्वाचन आयोगले यसअघि आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्