Logo
Logo

पाँच बुँदे सहमति थाहा छैन, पाँच वर्षसम्म ओली नै प्रधानमन्त्रीः ईश्वर पोखरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्कालिन नेकपा माओवादी र नेकपा एमालेका दुई अध्यक्षबीच भएको सहमतीलाई कथित सहमतिको संज्ञा दिएका छन् ।

बिबिसी नेपाली सेवासंग कुरा गर्दै नेता पोखरेलले दुई अध्यक्षबीच भएको पांच बुदे सहमति मर्यादाहिन सहमती भएको भन्दै त्यसलाई नेकपाको सचिवालयले नचिनेको बताए । उनले त्यसबारेमा नेकपाको सर्वोच्च निकाय सचिवालयमा छलफल समेत नभएको दावी गरे ।

पोखरेलले उक्त कथित सहमतिको संथागत ढंगले छिनोफानो हुन समेत बाकीं रहेको बताए । पोखरेलले भने ‘ लिखित सहमतीको नेकपाको सचिवालयमा औपचारिक ढंगले छलफल भएको छैन् । त्यसबारेमा हामी जान्दैनौ पनि । दुई अध्यक्षको विचमा सहमती भएको भएपनि त्यसको मर्यादा होला,समय होला सिमा हुन्छ,समय हुन्छ ।’

सरकारका उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले पार्टीभित्रको विवादको गाठो भने खुकुलो हुदैं गएको बताएका छन् । महाधिवेशनको वेला निति, विधी र नेतृत्वको वारेमा मापदण्ड बनाउनुपर्ने भएकाले त्यहीअनुरुप छलफल चलिरहेकोले एकतामा ढिलाई भएको पोखरेलको भनाई थियो ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दिएको अन्र्तवार्ताप्रति समेत असन्तुष्टि जनाए । पोखरेलले दुई जना अध्यक्षको विचमा सहमति भएको भएपनि पव्लिक कम्जन्सनको लागी वा जनदवाव दिन बोल्नु उपयुक्त नभएको बताए । उनले उक्त सहमतिमा आलोपालो गर्ने कुरा उल्लेख नभएको दावी गर्दै आवश्यकताअनुसार भनेकोले त्यो उपयुक्त समयमा आवश्यक ठाने मात्र हुने धारणा राखे ।

‘दुई अध्यक्षको बीचमा भएको कथित सहमतिको संस्थागत ढंगले छिनोफानो हुन बाकीं छ, नेकपाको सर्वोच्च निकाय सचिवालयमा यो सहमतीबारे छलफल भएको थाहा छैन्,त्यसैले त्यो मर्यादाहिन सहमति लागु हुदैन् ।’

पोखरेलले हिजो जे जे सहमति भएपनि एउटै पार्टी भएको अवस्थामा त्यो लागु नहुने बताए । पोखरेलले भने ‘दुवै पार्टीका अध्यक्षले हिजो अलग पार्टी हुंदा अलग मानसिकता,अलग मनोविज्ञान भएको बेलामा सहमती भएको हो अव एउटै पार्टी भइसकेपछि ति चिजहरु छैनन् भनेर विभिन्न अन्र्तवार्तामा भनेको हामीले सुनेका छौ, अहिले फेरी के को लागी भनिदैछ?’

उनले नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार पांच वर्षको लागी भएको भन्दै यसमा इफ, वट केही नलाग्ने स्पष्ट पारे ।
‘यो जनादेश पांच वर्षको लागी हो । केपी ओली नेतृत्वको सरकार पांच वर्षको लागी हो । यसले पांच वर्ष सरकार चलाउंछ । यसमा ईफ वट केही हुंदैन् ।’ पोखरेलले अन्र्तवार्तामा भनेका छन् ।

पोखरेलले जनताको बहुदलिय जनवादलाई हिजोको साविकको एमालेसंग मात्र गांसेर हेर्न नहुने धारणा राखे । पोखरेलले अन्र्तवार्तामा भनेका छन् ‘यो विषय दिवंगत नेता मदन भण्डारीको नामसंग मात्र गांसेर हुदैन् । यो नेपाल कम्युनिष्ट आन्दोलनमा लागेका अग्रजहरुले लिएका सकारात्मक विचारहरुको निष्र्कश हो । अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकरात्मक परिणामको निष्कर्श हो । दशर्न र सिद्धान्तले निर्देशित गरेको सिद्धान्त हो यो । सहमतीमा जनताको बहुदलिय जनवादको बारेमा बोल्न वन्देज पनि छैन् । उनले बहुदलिय प्रतिस्पर्धा गर्ने तर बहुदलिय जनवाद छोड्ने विषयलाई के सिकसिको लागेको हो भन्दै व्यंग्य समेत गरेका छन् ।

‘यतिवेला कम्युनिष्टहरुले शासन सत्ता उपयोग गरेर सत्तामा गएका होईनन् । नेपालका कम्युनिष्टहरुले आफ्नो विचारलाई लागु गर्न राज्यसत्ताको केन्द्र भागमा गएका हुन् । यसको अर्थ पार्टीले सरकार बनाउंछ चलाउछ । त्यसकारण पार्टीको नेतृत्व जस्ले गर्छ सरकारको नेतृत्व पनि त्यस्ले गर्छ ।’ पोखरेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्