काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रममा गर्ने भएको छ । सातै प्रदेशमा हुने अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दैछन् ।

शुक्रबार दिउँसो १ बजे सुरु हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ । यस्तै, मधेस प्रदेशको फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेश– फागुन ६ र ७ गते काठमाडौंमा हुने तालिका रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवल÷दाङ, कर्णाली प्रदेशको फागुन १४-१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुने भएको छ ।












