Logo
Logo

काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद सेनाद्वारा डिस्पोज


819
Shares

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा फेला परेको विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ती वस्तु नक्कली बम रहेको छ । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (Hoax) रहेछन्,’ एसपी मैनालीले भनेका छन् ।

बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो । अहिले सो क्षेत्रको जनजीवन सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्