काठमाडौं । सत्ता गठबन्धनका तीन दलका नेताहरूको छुट्टै छलफल गरेका छन् । कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सत्ता गठबन्धनका तीनदलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
खुमलटारमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका उपेन्द्र यादवबीच छलफल जारी छ । बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
आज बिहान १० बजेपछि सत्ता गठबन्धन बैठक बस्नुअघि एमसीसी विपक्षमा रहेका दलहरूको बैठक बसेको हो । प्रधानमन्त्री देउवा आजै एमसिसी टेवल गर्ने निष्कर्षमा पुगे भने सत्ता गठबन्धन छाड्ने तीन दलको तयारी रहेको छ ।











