Logo
Logo

एमसीसीविरुद्ध आज पनि ८ दलले प्रदर्शन गर्दै


567
Shares

काठमाडौं । एमसीसीको विरोधमा आज पनि ८ दलले देशभर विरोध प्रदर्शन गर्ने भएका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यहि फागुन ४ गते आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तार गरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फाइल फोटो

त्यस्तै, काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । एमसीसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दै गइरहेको छ ।

एकातिर अमेरिकी साम्राज्यवाद तिनका दलाल संसदवादी दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दैछन् भने अर्कोतिर राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्तिपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुविकरण भैइरहेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्