काठमाडौं । एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक अहिले १० बजे सुरु भएको हो ।छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

शुक्रबार (आज) प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी गरेपछि सत्ता गठबन्धनले एमसीसीबारे धारणा बनाउन बैठक बसेको हो ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि आजै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।
बिहीबार बसेको गठबन्धन बैठक निष्कर्षविहीन सकेको थियो । दलहरु आ–आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुबीच तीव्र मतभेद हुँदै आएको छ । एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ ।











