Logo
Logo

अर्को बैठकमा एमसीसीलाई निष्कर्षमा पुर्‍याउँछौं : सञ्चारमन्त्री


504
Shares

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धनको अर्को बैठकले एमसीसीलाई निष्कर्षमा पुर्याउने बताएका छन् ।

शुक्रबार बसेको आज गठबन्धनको बैठकपछि पत्रकारहरुसँग प्रवक्ता तथा सञ्चारमन्त्री कार्कीले भने, ‘सार्वभौम संसदमा छलफल गराएर निस्कर्षमा पु¥याउने विषयमा आज संक्षिप्त कुराकानी भयो । अब अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पु¥याउँनेछौं ।’

प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच बिहीबार भिएको छलफल सकारात्मक रहेको उनको भनाइ छ । संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका हुने उनले बताए ।

मन्त्री कार्कीले भने, ‘विपक्षी दलको नेताबाट एमसीसी परियोजनालाई निष्कर्षमा पु¥याउने प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक विमर्श भयो ।’ आज बसेको गठबन्धन बैठकमा एमसीसी संसदमा टेबल नगर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार जसरी पनि एमसीसी संसदमा टेबल गर्ने बताएपछि दलहरु बिहानैबाट छलफलमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्