Logo
Logo

कुनै पनि हालतमा एमसीसी पास गर्न दिँदैनौं : झलनाथ खनाल


1.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केहि अप्ठेरो नपार्ने बताउका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे ।

एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाहरुलाई यसलाई टुङ्गोमा पुराउनुपर्ने बताए । खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले आंशका नगर्ने बताए ।

एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने बताए । उनले भने, ‘मसीसीमा गम्भीर आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घत गर्ने पक्षहरु छन् । यी कुराहरुलाई संशोधन नगरि यसलाई हामी पास गर्न दिँदैनौं ।

प्रतिक्रिया दिनुहोस्