Logo
Logo

ए डिभिजन लिगमा आजदेखि बाह्रौँ चरणको खेल


882
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्रौँ चरणको खेल सुरु हुँदैछ । आज दुई वटा खेल हुने भएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

दुवै टोलीलाई रेलिगेसनमा पर्नबाट जोगिन जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर अङ्कतालिकाको १२औँ स्थानमा छ । समान खेलमा च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेलमा ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।

मच्छिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा छ । थ्री स्टार १८ अङ्ककासाथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्