Logo
Logo

एमसीसीबारे धारणा बनाउन एकीकृत समाजवादी निर्णायक छलफलमा


3.9k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । आजको बैठकबाट एमसीसी र गठबन्धनबारे निर्णय गर्ने छ ।

बानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा यसअघि सम्पन्न सचिवालय बैठकले एमसीसी र गठबन्धनबारे तय गरेको रोडम्यापबारे छलफल हुने हुँदैछ । आजको बैठकबाट एकीकृत समाजवादीले एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

एमसीसीबारे आधिकारिक निर्णय नगरे पनि एकीकृत समाजवादीका कार्यकर्ता एमसीसीविरुद्ध सडक संघर्षमा जुटिसकेका छन् । त्यसैले पनि अनुमोदनका लागि एमसीसी सदनमा पेस गर्ने सवालमा एकीकृत समाजवादीले असहमति जनाउने बुझिएको छ ।

सत्तारुढ दलमध्ये नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदनका लागि पेस गर्न नदिने र जबरजस्ती पेस गरिए सरकार छोड्ने निर्णय गरिसकेको छ । नेपाली कांग्रेस भने जसरी पनि अनुमोदन गर्ने पक्षमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्