Logo
Logo

कुख्यात भ्रष्टाचारीहरु मन्त्री बनेका छन् : ओली


2.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुख्यात भ्रष्टाचारीहरुको सरकार रहेको आरोप लगाएको छ ।

शनिबार भक्तपूरमा आयोजित अस्पताल उद्घाटन समारोहहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई कुख्यात भष्टाचारीहरुको सरकार भनेका छन् ।

ओलीले भने– ‘केही व्यक्ति काजग लिएर अख्तियार पुगेको सुने । भएको घरजग्गा पनि दान गरेको म जस्तो व्यक्तिले के भ्रष्टाचार गर्नु ? म भ्रष्टाचारी होइन । बरु, वर्तमान सरकार कुख्या भष्टाचारीहरुको सरकार हो । कुख्यात भ्रष्टाचारीहरुको मन्त्री बनेका छन् । दुनियाँले देखेको कुरा हो ।’

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले ओलीविरुद्ध अख्तियारमा भ्रष्टाचारविरुद्ध उजुरी दिएको विषयलाई लिएर ओलीलाई वर्तमान सरकारलाई कुख्यात भ्रष्टाचारीहरुको सरको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्