दोलखा । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले पार्वत गुरुङलाई वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन ।
शनिबार दोलखा जिल्ला तामाकोसी गाउँपालिकाको समाजवादी पार्टीको प्रथम गाउँ भेलालाई सम्वोधन गर्न तामाकोसी ४ मालुङ आएका नेता चौधरीले पार्वत गुरुङलाई अब निर्वाचनमा वुथ कब्जा गरेर निर्वाचन जित्ने दिनको अन्त्य भएको बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका मेटमणि चौधरीले २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र एमालेले चुनावी तालमेल गरेर निर्वाचनमा जादाँ देशभरका सासंदहरुमध्ये सवैभन्दा वढी मत ल्याएको घमण्ड देखाउने पार्वत गुरुङलाई अब दोलखाका जनताले पराजयको राम्रो स्वाद चखाउने बताए ।
गत निर्वाचनमा दोलखाका जनताले दिएको अमुल्य मतलाई कुल्चेर संसद विघटन गर्ने खड्कप्रसाद ओलीको बाटोमा हिँड्ने गुरुङलाई जनताको घरदैलोमा मत माग्न आउने नैतिक अधिकारसमेत नरहेको चौधरीको भनाई थियोे ।
नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीको रुपमा एकीकृत समाजवादी पार्टी पुनः गठन गरेको बताए । उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीको नेतृत्वसमेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।
माधव नेपाललगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको बताउँदै उनले केपी ओलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेको बताए ।
उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सबै कम्युनिस्ट पार्टिहरुका बिचमा एकता गरेर ठुलो पार्टी बन्ने आधार तयार भएको बताए । अहिले सुर्य चिन्ह पाएको केपी ओली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न बाँकी रहेको उनले बताए ।
उनले भने, ‘हिजो बहुमत दिनुस् हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखी नेपाली समृद्ध नेपाल वनाउँछौँ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अब पनि भोट दिनुस् तनि वर्षमा संसद विघटन गर्छाैँ भनेर केपी ओली कम्पनी निर्वाचनमा जालान् त ? अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।’











