Logo
Logo

सरकारी अधिकृतको श्रीमती श्रीमानबाटै पीडित


रुपेन्द्र पटेल

15.6k
Shares

रौतहट । रौतहटमा एक निजामती सेवाका अधिकृतकी श्रीमती नै श्रीमानबाट महिला घरेलु हिंसाको सिकार भएकी छन् । जिल्लाको चन्द्रपुर नगरपालिकामा कार्यरत निजामती सेवाका अधिकृत मिश्रीलाल साहकी श्रीमती रोशनी गुप्ता महिला घरेलु हिंसाको सिकार बनेकी छन् ।

शनिबार चन्द्रनिगाहपुर स्थित रहेको मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकृत साहकी धर्मपत्नी गुप्ताले आफ्नो पति साहबाट चरम यातना भोग्नुपरेको वेदना सुनाएकी छन् ।

उनले चन्द्रपुर नगरपालिकाका अधिकृत समेत रहेका सामाजिक विकास अधिकृत साहसंग आफ्नो २०७० साल जेठ १७ गते हिन्दु परम्परागत हिसाबले विवाह भएको र हाल दुई सन्तानकी आमा समेत रहेकी पीडित महिला गुप्ताले आफू घरेलु हिंसाको सिकार बन्न पुगेको हुँदा अधिकारकर्मीबाट न्यायको अपेक्षा गरेको बताइन् । आफ्नो पति अधिकृत साह अर्की महिला निकट रहेको र आफूसँगको व्यवहार बिग्रँदै गएको हुँदा घरेलु हिंसाको सिकार बन्न पुगेको पत्रकार सम्मेलनमा खुलासा गरेकी छन् ।

गुप्ताको भनाइ अनुसार उनको माइती निकै गरिब भएका कारण आवश्यक दाइजो विवाहको समयमा दिन नसकेको कारण पटक पटक दाइजोको कुरा उठाउँदै श्रीमती लाई पिट्ने, गाली गर्ने र कोठामा थुनेर बन्धक समेत बनाउने गरि मानसिक एबम् शारीरिक यातना समेत गरेको पत्रकार सम्मेलनमा खुलासा गरेकी हुन् ।

चन्द्रपुर ६ का नन्दलाल साहकी छोरी रोशनी गुप्ताको वृन्दावन नगरपालिका वडा नं-१ स्थित मोहरलाल साहको छोरा मिश्रिलाल साहसँग उनको परम्परागत विवाह भएको थियो । पति मिश्रीलालको अन्यत्र प्रेम सम्बन्धमा रहेको र सो सम्वनधलाई अघि बढाउन अधिकृत साहले उनलाई डिभोर्स गर्न मानसिक दबाब दिँदै डिभोर्स समेत माग गरेको उनकी पत्नी गुप्ताले खुलासा गरेकी छन् ।

साढे ५ वर्षको छोरा र डेढ वर्षको छोरी रहेको अधिकृत साह गत माघ महिनामा जिल्ला अदालत गौरमा डिभोर्स माग गर्दै मुद्दा समेत दर्ता गराएको श्रीमती गुप्ताले बताईन् । यता अधिकृत साहकी श्रीमती गुप्ता कुनै पनि सर्तमा डिभोर्स नदिने बताईकी छन् । यता अधिकृत मिश्रिलाल साह सँग टेलिफोन सम्पर्क गरेर बुझदा आफु कुनै प्रेम सम्बन्धमा नपरेको बताएका छन् ।

उता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले भने आफ्नो नगरपालिकाको कर्मचारीको यस किसिमको हर्कतबाट आजित भएको बताएका छन् । अधिकृत साह कार्यालय समयमा समेत उपस्थित नहुने र प्राय जसो कार्यालयमा अनुपस्थित नै रहने गरेको छ । अधिकृत कर्मचारीको यस किसिमको अत्याचारबाट सिंगो नगरपालिका नै दुर्गन्धित बनेको भन्दै अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

राजनीतिक दलका नेताको दबाब एबम् प्रहरी प्रशासनको असहयोगका कारण आफूले निरन्तर घरेलु हिंसा भोग्दै आएको र सम्बन्धित निकायमा धाउँदा धाउँदै चप्पल खिईएको भएता पनि आफूले न्याय पाउन नसकेको पीडित गुप्ताको भनाइ रहेको छ । महिला अधिकारकर्मीले यस विषयमा आफूहरु गम्भीर भएको र पीडित लाई न्याय दिलाउन र अपराध गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन कमर कसेर लागि परेको महिला अधिकारकर्मी पूजा पाठक तिमल्सिनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्