Logo
Logo

राजाराम बर्तौलाले पनि छाडे राप्रपा


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् ।

राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा उठाएको छानबिनको विषयलाई नेतृत्वले बेवास्ता गरेको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् ।

उनले भनेका छन्– ‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु ।’

बर्तौला हालै राप्रपाबाट अलग भई राप्रपा नेपाल पार्टीको घोषणा गरेका कमल थापाका निकट सहयोगी हुन् । कमल थापा २०७२ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदा बर्तौला उनका राजनीतिक सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस्