Logo
Logo

बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ


567
Shares

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए ।

बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए ।

फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका थिए । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए ।

सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए । सो क्रममा आफ्नो जायजेथा बेचेर भएपनि सबै ऋण चुक्ता गर्ने प्रतिवद्धता गरेका थिए ।

राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमइ बैंकबाट साढे ७ करोड, एभरेष्ट बैंकबाट करिब २० करोड र इन्भेष्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाा कर्जा लिएको छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति केही धितो त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्