Logo
Logo

अनुमति लिएर मात्र पात्रो छाप्न पाइने


756
Shares

काठमाडौं । सरकारसँग अनुमति लिएर मात्र क्यालेण्डर छाप्न पाइने भएको छ । आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउने क्रम बढेको भन्दै सरकारले कडाइ गरेको हो ।

पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी जथाभावी क्यालेण्डर छपाइमा कडाइ गरिएको सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

समितिले स्वीकृति विपरीत छापिएका क्यालेण्डर जफत गरेर कारबाही प्रकृया अघि बढाउन अनुगमन सुरु गरेको छ ।

समितिले क्यालेण्डर छपाइका लागि अनुमतिसहित शुल्क तिर्नुपर्ने समेत व्यवस्था बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्