Logo
Logo

३ सय ८८ संक्रमित थपिए, चार जनाको मृत्यु


315
Shares

काठमाडौं । नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १२ सय ५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् ।

हाल नेपालमा ११ हजार २ सय ८२ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्