Logo
Logo

क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य


441
Shares

काठमाडौं । आइसिसी विश्वकप टि-२० विश्वकप छनोट खेलमा नेपालसामु क्यानडाले ८१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस जितेर पहिले ब्याटिङ गरेको क्यनडाले १५ ओभरमा १० विकेट गुमाउँदै रन ८० जोड्यो ।

क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा सट खेल्नेक्रममा म्याथ्यू फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच आउट हुन पुगे । कमलले नै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराए । दोस्रो विकेटका लागि पठान र धालिवालले ३४ रनको साझेदारी गरेका थिए ।

ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए । छैटौैं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगेका थिए । प्रमुख तीन विकेट पावर प्लेमा लिएपछि नेपालले सानदार सुरुवात गर्यो ।

यसै ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंह १ रनमा आसिफ शेखबाट क्याच आउट भए । अर्को ओभरको अन्तिम बलमा सन्दीपले हम्जा तारिकलाई १ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ४१–५ को संकट अवस्थामा पुग्यो । साद विन जाफर २ रनमा रन आउट भए । राम्रो सुरुवात पाएपनि क्यानडाले मात्र ९ रन जोड्न ७ विकेट गुमायाे ।

अन्तिम विकेटका लागि डिलोन हेलिगर र सलमान नजरले ३२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । हेलिगरले २२ बलमा सर्बाधिक २४ रनको अविजित पारी खेले । नजरले १० रन बनाए ।

यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमश: विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । नेपाल समूह विजेता बने फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपर्नेछ ।

यो समूहबाट फाइनलिष्ट टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्