Logo
Logo

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने


4.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले आइतबार संसदमा दर्ता भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र त्यसका निम्ति वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ ।’

खतिवडाले सरकारबाट नबाहिरिने पनि बताए । उनले भने, ‘एमसीसी पास गर्ने सर्तमा सरकारमा गएका थिएनौँ । त्यसैले सरकारमा जाने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्नुपर्दैन । सरकारभन्दा देश ठूलो हो ।’

प्रतिक्रिया दिनुहोस्